

काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच साउन ९ गते मंगलबार साँझ मर्जर सम्झौता भएको हो ।
मर्जर सम्झौता भएसंगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने छ । हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।
जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल