बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *