एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयर बिक्रीमा

काठमाडाैं । एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयर आज साउन ९ गतेबाट बिक्री गर्ने भएको छ।

बैंकको संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो। सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरमा यही साउन १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। खरिद आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलमा पेस गर्नुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *