काठमाडौं । ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारमा रहेकाे ललिता निवासको सरकारी जग्गा हडपेको आरोपमा नक्कली मोही बनेका दुईलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेछन् । सञ्जय र सकुलानन्दमाथि ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा लिँदा नक्कली मोही बनेकाे आरोप रहेकाे छ। उनीहरुलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा लगिएकाे छ।
हालसम्म यस प्रकरणमा १९ जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।







