निर्माण कार्यको भुक्तानी गर्न निर्माण व्यवसायीको माग

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ ।

महासङ्घले आज यहाँ पत्रकार सम्मलेन गरी लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत सम्बन्धित कार्यालयबाट निर्माण कार्यको अरर्बौँ रकम भुक्तानी हुन बाँकी रहेकाले उक्त रकम तत्काल भुक्तानी गर्न माग गरको हो ।

महासङ्घका महासचिव रोशन दाहालले नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गनुपर्ने माग गरे ।

महासङ्घले मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्न, रुग्ण आयोजनाहरू अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने लगायतका नौबुँदे माग गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *