धितोपत्र बोर्डद्वारा थप ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन इजाजतपत्र दिएको छ । सेबानेले एक ब्रोकरलाई स्टक डिलरसहितको लाइसेन्स दिएको छ ।

बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एपीएए सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज, सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिजलाई इजाजत पत्र दिएको छ ।

यो बाहेक इन्दिरा सेक्युरिटिज, ब्लू चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिजगरी ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स पाएको सेबोनले जानकारी दिएको छ ।

यस अघि २२ जेठमा पनि सेबोनले सीमित काम गर्ने धितोपत्र दलालका नाममा ११ वटै कम्पनीलाई लाइसेन्स दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *