प्रहरी स्कर्टिङमा बञ्चरेडाँडा लगियो फोहोर बोकेका गाडी

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो ।

बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् ।

काठमाडौँबाटै प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाएको उपत्यका प्रहरी कार्यालय एआइजी श्याम ज्ञवालीले जानकारी दिए ।

‘प्रहरी परिचालन गरेर फोहोरका गाडी त्यसतर्फ पठाइएको छ ।’ एआइजी ज्ञवालीको भनाइ छ । बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *