नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौतामा जजसले समर्थन गर्छन तीनीहरु देशका लागि गद्दार सावित हुने बताएका छन् ।
संसदमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल सुरु भएको छ । उक्त छलफलमा भाग लिदै नेता रावलले यस्तो बताएका हुन् ।
बैठकमा उनले भने ‘यत्रो राष्ट्रिय स्वाधिन्तासँग सम्बन्धीत, यस्तो हल्लाको बिचमा यहाँ प्रस्तुत गर्नु भनेको देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका, नेपाल राष्ट्रको अपमान हो ।’
अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रमुख विपक्षी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसहित सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेका छन् ।
अरू सांसदले नाराबाजी गरिरहेका बेला एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिएका हुन् ।