कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आइतबार (साउन ७ गते) बाँडफाँट गरिने भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम आइतबार बिहान ९ बजे क्यापिटलकै कार्यालयमा गरिने भएको हो ।

कम्पनीले गत असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो ।

जसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको सेयरमध्ये २ प्रतिशतले हुन आउने २ हजार ४३७ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म ११ लाख ८ हजार २३२ आवेदकबाट कुल १ करोड १८ लाख ९० हजार ६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११७.५४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *