सुन प्रकरणमा छानविन समिति गठन, जाँचपासमा संलग्नलाई निलम्बनको तयारी

काठमाडौं। त्रिभुवन विमानस्थलबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिहीबार छानबिन समिति गठन गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएपछि भन्सार विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको सूचना अधिकारी पूण्यविक्रम खड्काले जानकारी दिए ।

‘अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । यस प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ’ विभागका प्रवक्ता खड्काले बताए ।

राजश्व अनुसन्धान विभागले जिो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *