हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले ५१ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापकधनी हेमन्त नाहटाको नाममा रहेको (साबिक गुराँस लाइफ इन्स्योरेन्स) ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

यो सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *