काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृत (सीईओ)मा बसन्तराज लम्साल नियुक्त भएका छन् । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि बनेको संस्थाको सीईओमा लम्साल नियुक्त भएका हुन् ।
संस्थाको बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृत सरोज घिरिरे कम्पनी सचिवमा नियुक्त भएका छन् । कम्पनीका मर्जर पश्चात बनेको नयाँ सञ्चालक समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।
कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैंठकले लम्साललाई सिईओ र घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।




