अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपालले भारत ‘ए’लाई दियाे १६८ रनको लक्ष्य

  • अर्थ सन्जाल
  • १ श्रावण २०८०, सोमबार १७:२६


काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य दिएको छ ।  खेल श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भइरहेको छ ।

नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो । पालीको निराशाजनक सुरुआत गरेको नेपाली टोलीले ३९.२ ओभरमै अलआउट हुनुअघि १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमाएको थियो । उनको विकेट निसान्त सिन्धुले लिए । ललितको क्याच सिन्धु आफैले लिएका थिए । किशोर महतो दुई रनमा अविजित रहे ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए । नेपालले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।

भारतका बलर निसान्त सिन्धुले चार विकेट लिए । राजबद्र्धन हंगारगेकरले तीन विकेट हात पारे । हर्षित राणाले दुई विकेट लिए । अर्को एक विकेट मानव सुथारले हात पारे । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । उनी शून्य रनमै पेभेलियन फर्किए । उनी आउट हुँदा नेपालले खातासम्म खोलेको थिएन । उनी भारतीय बलर हर्षित राणाको बलमा एलबीडब्लू आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनी सात रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनलाई राजबद्र्धन हंगारगेकरले विकेटकिपर ध्रुव जुरेलमार्फत क्याच गराए । ५.१ ओभरमा आसिफ आउट हुँदा नेपालको स्कोर २७ रन थियो । तेस्रो विकेटका रुपमा नेपालले देव खनाललाई गुमाएको थियो । आउट हुनुअघि उनले २१ बलमा तीन चौकाको मद्दतले १५ रन बनाएका थिए । उनको विकेट पनि राजबद्र्धनले नै लिए । राजबद्र्धनले उनलाई रियान परागद्वारा क्याच गराएका थिए । देव आउट हुँदा नेपालले ७।२ ओभरमा ३० रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको थियो । भीम चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई हर्षित राणाले बोल्ड गरेका हुन् । भीम आउट हुँदा नेपालले ८.५ ओभरमा ३५ रन बनाएको थियो । नेपालले पाँचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनले खातासम्म खोल्न पाएनन् । उनललाई राजबद्र्धन हंगारगेकरले अभिषेक शर्माद्वारा क्याच गराएका हुन् । कुशल मल्ल आउट हुँदा नेपालले ९.६ ओभरमा ३७ रन बनाएको थियो ।

छैटौं विकेटका रुपमा नेपालका सोमपाल कामी आउट भएका थिए । उनले ३९ बलको सामना गरी १४ रन बनाएका थिए । उनी मावन सुथारको बलमा एलबीडब्लू आउट भएका हुन् । छैटौं विकेटका लागि कप्तान रोहित पौडेल र सोमपालले ५३ रनको साझेदारी गरे । सोमपाल आउट हुँदा नेपालले २३.६ ओभरमा ९० रन बनाएको थियो । नेपाली टोलीका कप्तान रोहित पौडेल सातौं विकेटका रुपमा ६५ रन बनाउँदै पेभेलियन फर्किए । उनले ८५ बलको सामना गरी सात चौका हिर्काएका थिए ।

उनको विकेट निशान्त सिन्धुले लिएका थिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराए । रोहित आउट हुँदा नेपालले ३३.२ ओभरमा एक सय ४४ रन बनाएको थियो । त्यसअघि रोहितले २८ औं ओभरमा अर्धसतक पूरा गरेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् । उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका थिए । रोहित र गुल्सन झाले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।

नेपालले आठौं विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । उनले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाएका थिए । उनको विकेट निसान्त सिन्धुले लिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराएका थिए । गुल्सन आउट हुँदा नेपालले ३५.१ ओभरमा एक सय ६२ रन बनाएको थियो ।

नवौं विकेटका रुपमा नेपालले पवन सर्राफलाई गुमाएको थियो । पवन ६ रन बनाउँदै आउट भएका थिए । उनलाई निसान्त सिन्धुले राजबद्र्धन हंगारगेकरद्वारा क्याच गराएका थिए । पवन आउट हुँदा नेपालले ३७.२ ओभरमा एक सय ६३ रन बनाएको थियो ।

Artha Sanjal
मिती : १ श्रावण २०८०, सोमबार १७:२६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.