काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले अनलाइन ईकमर्स प्लेटफर्म दराज संग सम्झौता गरेको छ । महाबचत बजार अभियानको लागि कृषि विकास बैंकले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपाल सँग सम्झौता गरेको हो । दराज नेपाल अनलाईन ई-कमर्स प्लेटफर्म हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट ,अरुण फुयाँलले हस्ताक्षर गरेका थिए । दराज अनलाईन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।
सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा १०% अधिकतम रु. १००० बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी, दराजबाट खरिद गर्दा उनिहरुले अब १५% अधिकतम रु. १५०० को पनि छुट पाउनेछन्। ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा ecom [ई-कम] सेवा सकृय गर्नुपर्नेछ ।
कृषि विकास बैंक लि. र दराजबिच भएको यस सम्झौताले दुबै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाउँछ। तोकिएको प्रि-पेमेन्ट छुटहरु महाबचत बजारको Live Period [२०-३० जुलाई] मा मात्रै उपलब्ध हुनेछ । तसर्थ, ग्राहकहरूलाई उनीहरूको बैंक कार्डहरूमा e-com [ई-कम] सक्रिय हुन बैंकले आग्रह समेत गरेको छ ।






