कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण

कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले यो बीमा सुविधा, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा गरेको हो।

परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन्। कुमारी बैंकले विगत ४ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *