१० करोडको लगानीमा डेरी उद्योग संञ्चालन

मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा संचालनमा आएको छ । सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा शुक्रबार उक्त डेरीको एक समारोहकाबीच उदघाटन गरिएको हो ।

मंगलम डेरी एण्ड फुड ईन्डस्ट्रीजको रुपमा संचालनमा आएको उद्योगको स्थानीय बयोबृध बबरजंग थापाले उदघाटन गरेका उद्योग संचालक राघो प्रसाद सिहंले बताए ।

उद्योग संचालक सिहंका अनुसार यस उद्योग १० करोड लागतमा तयार गरिएको हो । यस उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तिरिय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १६ हजार लिटर सम्म दुधका परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रसाशनले उल्लेख गरेको छ ।

यस उद्योगबाट छुर्पी, पोका दुध, दही, घ्यु, पनिर, नौनी, खुवा, आईसक्रिम, कुल्फि, मिठाई, चकलेट लगाएतका परिकार उत्पादन गर्ने योजना रहेको छ । उद्योगबाट उत्पादन भएका पदार्थ सर्लाही सहित रौतहट, बारा, पर्सा, महोतरी र धनुषा सम्मका बजारमा पुर्‍याईने उद्योगका प्रवन्ध निर्देशक सवल सिहंले बताए ।

स्थानीय स्तरमा उत्पादन भएका दुध संकलन गरेर प्रयोग गरिने उद्योगले जनाएको छ । स्थानीय स्तरमा यती ठुलो उद्योग संचालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुसी छाएको छ । प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १ सय ५० बढि नागरिकले रोजगारी पाउने छन् ।

उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिहंले जानकारी दिए ।

उद्योग उदघाटन समारोहमा मधेश प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उप मेयर रेणुका पौडेल, सियाराम सिहं, माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुडाथोकी, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, कांग्रेस नेता राम प्रसाद मैनाली, हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल, हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, टेक बहादुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *