इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । कोलम्बो क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ए ले ५ ओभरमा ३२ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ललित राजवंशिले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट भएपछि १ विकेट गुमाएर ७९ रन मात्र बनाएको थियो ।

नेपालका लागि सोमपाल कामिलेले ९ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए ।

जितसँगै पाकिस्तान समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रह्यो । नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *