पाकिस्तानविरुद्ध नेपालको खराब सुरुवात, ७ विकेट गुमायाे

काठमाडौं । एसीसी इमर्जिङ एशियाकपमा पाकिस्तानविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १४औं ओभरको समाप्तिमा सात विकेट गुमाएर ६९ रन बनाउँदा सात विकेट गुमाएको छ ।

नेपालले छैटौं विकेटको रुपमा पवन सराफलाई ब्यक्तिगत एक रनमा गुमाएको हो । नेपालले १०.१ ओभरमा ३९ रन बनाएको छ । पवनलाई शान्हावाज दहानीले आउट गरेका हुन् ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पाँचौ बलमा १४ रनको अवस्थामा गुमाएको थियो ।

त्यस्तै दोस्रो विकेटको रुपमा मोहम्मद आशिफ शेखलाई ब्यक्तिगत १२ रनमा चौथो ओभरको अन्तिम बलमा शान्हावज दलानीले नै तायब ताहिरको हातबाट क्याच आउट गराएका हुन् ।

नेपालले तेस्रो विकेट पाँचौ ओभरको पाँचौं बलमा गुमाएको हो । तेस्रो विकेटको रुपमा नेपालले कप्तान रोहित कुमार पौडेललाई चार रनमा गुमाएको हो ।

नेपालले चौथो विकेटका रुपमा सातौं ओभरको अन्तिम बलमा भिम सार्कीले खाता नखोल्दै गुमाएको हो । त्यसपछि पाँचौ विकेट ७.४ ओभरमा अर्जुन साउदलाई स्कोर ३७ रन हुँदा १७ रनमा गुमाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *