प्रभु बैंकद्धारा पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

काठमाडौं । प्रभु बैंकले पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी, फोहोर उठाउन प्रयोग सामाग्री सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई गाडीको चाबी हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । १७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ। पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामाग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि एक चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक वर्षका लागि पारिश्रामिक वापत तीन लाख रुपैयाँ उपलबध गराउने मन्त्रालयले जनाएको छ । बैंकले आउँदा दिनमा पनि मन्त्रालय र पशुपति विकास कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *