हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ करोड मृत्यु दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दाबीबापत बीमांक १ करोड रकम भुक्तानी गरेको छ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई उक्त मृत्यु दाबी रकम भुक्तानी गरेको हो।

साविक युनियन लाइफ इन्स्योरेन्समा ३ वर्षअघि १ करोडको जीवन बीमा गरेका खत्रीको मृत्युपश्चात उक्त दाबी रकम प्रदान गरिएको हो। कम्पनीको नयाँबानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतककी पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका थिए।

कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितकी पत्नी यमुनाले समयमै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनीप्रति आममानिसको विश्वास बढ्ने कार्य भएको बताइन्।

कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दबवीहरु छिटो–छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *