काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।
कच्चा तेलको मूल्य बढेर बुधबार प्रतिब्यारल करिब ८० डलर पुगेको छ । लामो समयदेखि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ डलरभन्दा तल रहेको थियो। तर, हिजो र आज कच्चा तेलको मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ७९.५७ डलर र डब्ल्यूटीआई क्रुड ७५ डलरमा कारोबार भइरहेको छ।
ओपेक प्लस राष्ट्रहरुले आउँदो अगस्टबाट तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन्। यही कारणले पनि कच्चा तेलको मूल्य बढेको विज्ञहरु बताउँछन्। एजेन्सी







