सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर आजबाट बिक्रीमा बिक्री खुला गरेको छ।

बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्ने छ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *