आँचल शर्माले दिइन् दुई फेसबुक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारबाही गर्न भन्दै उनले शनिबार बेलुका निवेदन दिएकी हुन् ।

उजुरी गर्न आँचल पति उदिपसँगै शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् । आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि लेखिएको छ ।

उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *