आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

काठमाडौं । आइएमई पे एपबाट ‘नेपाल पे’को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।

नेपालमा क्युआर स्क्यानमार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *