आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्सेमा ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा कारोबार बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन ०.५८ अंकले घटेर ३८२.१६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच भएको छ । यसदिन तिन अर्ब ७७ करोड ४९ लाख ८ हजार ३१५ बराबरको कारोबार भएको छ।
कुल १३ उपसमुहमध्ये ६ वटा सूचकमा हरियाली छाएको छ । बाँकी ७ वटा सूचकमा रातो पोतिएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।




