एनएमबि बैंकको दुई आकर्षक अफर: अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड नि:शुल्क

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरूले भल्ःद्य एप र वेबमार्फत् नेपालको जुनसुकै बैंक खातामा निस्शुल्क रकम ट्रान्स्फर गर्न सक्ने बैंकले जनाएको छ । अफर श्रावण मसान्तसम्म लागू हुनेछ ।

परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने बैंको विश्वास छ ।

साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई निस्शूल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्कविना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *