सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं ।  सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ।  आज नेप्से परिसूचक ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा ओर्लेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २७७ कम्पनीका ८० लाख ९२ हजार ९६९ कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३७ रुपैयाँमा किनबेच भएका छन्।  नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ।

आज जीवन बीमा समूह सर्वाधिक ३.३१ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९० प्रतिशत, विकास बैंक समूहमा १.६८ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५३ प्रतिशत, जलविद्युत समूहमा २.३३ प्रतिशत, लगानी समूहमा २.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, लघुवित्त समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा १.२३ प्रतिशतको गिरावट आएको छ।

आज  शिवम सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, स्वावलम्बन लघुवित्त, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सको  सर्वाधिक  कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *