दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।

आज सेयर बजार मापक नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० को विन्दुमा पुगेको छ। ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले बढेर ३८८.६२ को विन्दुमा उक्लएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता सेयर २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८.५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.३६ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.९२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, विकास बैंक समूहमा ०.८३ प्रतिशत, जलविद्युत समूहमा ०.१३ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १.६२ प्रतिशत र व्यापार समूहमा ०.६१ प्रतिशतको बढोत्तरी भएको छ।

आज नागरिक लगानी कोषको सर्वाधिक १२ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम सिमेन्ट, सोल्टी होटेल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *