मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसनमात्र प्रयोग गर्न सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो ।

‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता सेवा प्रयोग गर्दा वा मोबाइल वाटेल प्रयोग गर्दा त्यसमा प्रयोगकर्ताको मोबाइल र फोन नम्बरको प्रयोग भएको हुन्छ । त्यसमा प्रयोगकर्ताको बैंक खातासम्बन्धी महत्वपूर्ण विवरण जोडिएका हुन्छन् ।

यदि कुनै कारणवश तपाईले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नुभयो वा तपाईको पुरानो नम्बर अन्य व्यक्तिको प्रयोगमा आयो भने तपाईको खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने जोखिम हुने हुन्छ ।’ राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

त्यसैले आफूले प्रयोग गरिरहेको मोबाइल हराएमा वा चोरी भएमा वा मोबाइल नम्बर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई यथाशीघ्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *