काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्नै भएको छ ।
आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।
नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।
सातौं स्थानको लागि नेपालले आयरल्यान्डसँग खेल्नेछन् । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो ।




