विश्वकप छनोट : नेपाल र आयरल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले आज टेस्ट टोली आयरल्यान्डसंग खेल्दैछ ।

यो खेल ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ हुनेछ ।

नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

सातौं स्थानको लागि नेपालले आयरल्यान्डसँग खेल्नेछन् । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *