एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड नि:शुल्क

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरमा ग्राहकहरूले eNMB एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । सो अफर श्रावण मसान्तसम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *