नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए दुई विकेट

काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई तेस्रो सफलता लामिछानेले दिलाए ।

यसअघि दोस्रो पनि लामिछाने र पहिलो सफलता करण केसीले दिलाएका थिए । युएईले २३ ओभरको समाप्तीमा ३ विकेटको क्षतीमा ८५ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *