भीजी इम्पेक्सले नबिल बैंकसँग जीडब्ल्यूएमका गाडीमा फाइनान्सिङ सुविधाका लागि गर्यो सहकार्य

काठमाडौं । जीडब्ल्यूएम सवारीसाधनहरुका लागि एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्सले नबिल बैंकसँग यसको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधन (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३को फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ।

भीजी इम्पेक्स जीडब्ल्यूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकका हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्राहकले नबिल बैंकमार्फत कुनै पनि जीडब्ल्यूएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्।

नबिल बैंकले आईसीई मोडललाई १२.९० प्रतिशत र ईभीका लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ।

यो सम्झौताले ठूलो संख्यामा अटोमोबाइलप्रेमीहरुले जीडब्ल्यूएम नेपालबाट नै आफूलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन्। ग्राहकले अटो कर्जाका लागि आवश्यक कागजातसहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जीडब्ल्यूएमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *