काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ।
त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । आजै अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन।







