धान दिवसको अवसरमा एनएमबि बैंकले ल्यायो ‘खेती कर्जा’, बिनाधितो किसानले सस्तो ब्याजमा ऋण पाउने

काठमाडौं । एनएमबि बैंकले धान दिवसको अवसर पारेर किसानहरुको लागि लक्षित गर्दै ‘एनएमबि खेती कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले खेतिसँगको सहकार्यमा किसानलाई उक्त कर्जा उपलब्ध गराउने भएको हो । यसका लागि शुक्रबार एक कार्यक्रमका बीच एनएमबि बैंक र खेतीबीच सम्झौता भएको छ ।

जसअन्तर्गत किसानले न्यूनतम १० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।

किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुंदैन । यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारीत कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

यस एनएमबि खेति कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेति एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान बिवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ ।

देशले कृषिको ब्यवसायिकरणमा जोड दिईरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परि देशको आर्थिक विकासमा मद्धत पुग्ने बैंक र खेतिको विश्वास रहेको छ ।

बैंकले नगद भने उपलब्ध गराउने छैन । बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ । बैंकले बागमती र गण्डकी प्रदेशमा उक्त योजनाको सुरुवात गरेको हो । यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती दुबैमा हुनुपर्ने बैंकले जानकारी गराएको छ ।

बैंकका सीईओ सुनिल केसीले बैंकले किसानलाई सस्तोमा खेती कर्जा दिने बताए । सीईओ केसीले अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशतसम्म थप गरी ब्याज लिने व्यवस्था भए पनि आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर खेती कर्जा दिने बताए ।

No description available.

उनले नेपालको बैकिङ इतिहासमा ‘एनएमबि खेती कर्जा’ फरक किसिमको प्रडक्ट रहेको बताए । उनले कृषि, उर्जा र साना उद्यमलाई बैंकले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *