कृषि विकास बैंकको चैनपुर शाखाले गर्यो कम्प्युटर र प्रिन्टर सहयोग

काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभाको एक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

बैंकको चैनपुर शाखाले चैनपुर नगरपालिका त्रिशुलेस्थित दुर्गम क्षेत्रका गरिब विपन्न वर्गका विद्यार्थीहरु अध्यायन गर्ने सामुदायिक विद्यालय श्री सारदा माध्यमिक विद्यालय,त्रिशुलेलाई गत शनिबार सोहि विद्यालयमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

एक औपचारिक कार्यक्रम गरि बैंकका उपमहाप्रवन्धक प्रताप सुबेदी र कोशी प्र.का.निर्देशक रञ्जन खनालले संयुक्त रुपमा कार्यक्रमका अध्यक्ष तथा वि.व्य.स. अध्यक्ष लाखमान तामाङमार्फत २ थान कम्पुटर र १ थान प्रिन्टर विद्यालयलाई गरिएको हो।

​उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रताप सुबेदीले, बैंकले हाल शहरदेखि गाउँसम्म अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको र बैंक केबल नाफा उन्मुख मात्र नभई जनकल्याणकारी कार्यको लागी पनि महत्वको साथ यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । साथै बैंक र विद्यालयको सम्बन्धमा प्रगाढ तुल्याउन आगामी दिनमा समेत यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने उहाँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *