बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद बिक्रि गर्न अबदेखि राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गरि यो निर्णय गरेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले गरेको ब्यबस्था कार्यन्वयनको गर्न बैंकले सर्कुलर जारी गर्ने क्रममा यस्तो ब्यबस्था गरेको हो ।
यस व्यवस्था अनुसार कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढीे संस्थापक शेयर धारण गर्ने गरेका शेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर कारोवार गर्नुअघि अनिवार्य रुपमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने भएको हो ।
हाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जामा समेत जोखिम भार बढाएको छ ।