काठमाडौं । साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्ड र बन्दुकधारीले सुरुमा गोली चलाउने दुई जनाको मृत्यु भएको छ ।
अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले बुधवार घटनाको पुष्टि गरेको हो । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो ।
साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।
साउदी अरेबियाले जेद्दाबाट करिब ७० किलोमिटर (४४ माइल) परेको पवित्र सहर मक्कामा वार्षिक हज यात्राका लागि करिब १८ लाख मुस्लिम विश्वासीहरूलाई स्वागत गरेको बेला यो आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।




