बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले ह्विप जारी गर्नुभएको छ’, पाण्डेले बताए । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए ।

यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

प्रतिनिधिसभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *