काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी बढे पनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर लगातार ओरालो लाग्न थालेको छ । अन्तरबैंक ब्याजदर शुक्रबार २.६५ प्रतिशतमा झरेको हो ।
असार महिनामा ठेक्कापट्टाको भुक्तानी हुने र विकासे कामको रफ्तार पनि बढ्ने हुँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहेको छ । यता, रेमिट्यान्स पनि बढ्दा बैंकमा निक्षेप बढिरहेको छ । बैंकमा निक्षेप बढ्ने तर, कर्जा प्रवाह नहुँदा तरलताको आकार अन्तरबैंक ब्याजदर घटना थालेको हो
पछिल्लो समयमा बैंकहरूमा निक्षेप बढिरहे पनि कर्जा प्रवाह हुन सकेको छैन, जसले गर्दा पनि अन्तरबैंक, ट्रेजरी, विकास ऋणपत्रलगायतको ब्याजदर घटिरहेको छ ।
शुक्रबारसम्म बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३.९७ प्रतिशत कायम भएको छ ।
शुक्रबारसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ७१ अर्ब र कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । तरलता सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर पनि क्रमश: घट्दै गएको छ । गत मंगलबार ट्रेजरी बिल्सको ब्याजदर ४ प्रतिशतसम्म झरेको छ ।




