कामना सेवाको ‘शुभश्री बचत खाता’ : नि:शुल्क सेवासहित दुर्घटना बीमा पनि कभरेज, उच्च ब्याज दिने

काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक कामना सेवा विकास बैंकले ‘शुभश्री बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आकर्षक ब्याजदरका साथै ग्राहकहरुका लागि विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ शुभश्री बचत खाता सञ्चालनमा ल्याएको हो । यो एक प्रिमियम बचत खाता हो ।

‘दुर्घटना बीमा समेट्ने हजुरहरुको दुख सुखको साथी, सदैव गर्नुहोस् भरोसा शुभश्री बचत खाता माथि’ नारा रहेको सो खाताले ग्राहकहरूलाई दुर्घटना बीमा कभरेज पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

यो खाता खोल्ने बैंकका ग्राहकहरूले पहिलो वर्ष नि:शुल्क सेवा प्राप्त गर्नेछन् । उच्च ब्याजदर, दुर्घटना बीमा कभरेज र अन्य आधारभूत बैंकिङ सेवाहरूका कारण यो खातामा ग्राहकले आफ्नो निक्षेपमा राम्रो प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

सो खाता खोल्नको लागि न्यूनतम पाँच हजार रुपैयाँ निक्षेप राख्नुपर्ने हुन्छ भने ब्याजदर बैंकद्वारा समय समयमा प्रकाशित दर अनुसार हुनेछ ।

यस्ता छन् विशेषताहरु :

• न्यूनतम मौज्दात: ५००० रुपैयाँ
• डेबिट कार्ड शुल्क: पहिलो वर्षको लागि नि:शुल्क
• KS iMobile (मोबाइल र इन्टरनेट बैंकिङ): पहिलो वर्ष नि:शुल्क
• डिम्याट र मेरोसेयर: नि:शुल्क
• लकर शुल्क: पहिलो वर्षको लागि निःशुल्क
• लकर सेक्युरिटी डिपोजिट: लकर मार्जिनमा ५० प्रतिशत छूट (ग्राहकको बचत खातामा राख्नुपर्ने)
• ब्याज गणना: दैनिक आधारमा ब्याज गणना र त्रैमासिक भुक्तानी योग्य

त्यसैगरी अतिरिक्त सुविधामा सात लाख ( रु. ७००००००) रुपैयाँको दुर्घटनामा बीमा कभरेज हुने बैंकले जनाएको छ ।

यो खाता विशेष गरी आकस्मिक बीमा लाभसहित अन्य बैंकिङ सुविधाहरुको विभिन्न प्रकारका बचतमा उच्चतम ब्याजदर चाहिने कुनै पनि व्यक्ति दृश्यात्मक वा आंशिक दृश्यात्मक व्यक्तिलाई लक्षित गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *