कामना सेवाको ‘विद्यार्थी बचत खाता’: आकर्षक व्याजसहित सबै डिजिटल सेवा निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक कामना सेवा विकास बैंकले विद्यार्थीका लागि विशेष किसिमको बचत खाता सञ्चालनमा ल्याएको छ । कामना सेवाको ‘विद्यार्थी बचत खाता’ विशेष गरी विद्यालयमा अध्ययन गर्ने किशोरकिशोरी र युवा पुस्तालाई आकर्षित गर्न डिजाइन गरिएको हो । यो योजनाले विद्यार्थीहरुलाई बैंकमार्फत कारोवार गर्न र पैसा बचत गर्ने बानीको विकास गर्न सहयोग पुग्ने बैंकले अपेक्षा लिएको छ ।

कामना सेवाको ‘विद्यार्थी बचत खाता’को मुख्य उद्देश्य बैंकलाई आजको पुस्तासम्म जोड्ने र उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्ने रहेको छ । आजको बचतले भविश्यमा आइपर्ने कठिन परिस्थतिमा सहजता प्रदान गर्ने हुँदा बचतको महत्व रहेको बुझाउन,विद्यार्थीहरूलाई बैंकिङ साक्षरता दिलाउन भन्दै ल्याइएको यो बचत खाताका लागि बैंकले पहिलो वर्ष सबै डिजिटल सेवाहरुलाई निःशुल्क प्रदान गर्ने बताएको छ ।

वित्तीय ज्ञानको उपर्युक्त महत्व एवम् अपरिहार्यता तथा नेपालमा पनि अधिकांश बालबालिका र युवाहरु औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको सन्दर्भमा तिनलाई वित्तीय पहुँचको दायरामा ल्याउन बालबालिका र युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी सशक्त अभियानको खाँचो महसुस गरिएको छ ।यस अभियानलाई सार्थक तुल्याउन कामना सेवा विकास बैंकले विद्यार्थीहरुलाई कमसेकम आफैं खाता खोलेर संलग्न गराउने उद्येश्यका साथ विद्यार्थी बचत खाता’ सञ्चालनमा ल्याएको हो । यो योजना मार्फत बालबालिका र युवालाई आय तथा बचत अभिवृद्घिका साथै लगानीका सन्दर्भमा उपयुक्त वित्तीय निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।

यस्ता छन् विद्यार्थी बचत खाताका विशेषताहरु –

–यो खाता न्यूनतम् १०० रुपैयाँमा खोल्न सकिने छ ।
–एटीएम कार्ड शुल्क पहिलो वर्ष निःशुल्क गरिएको छ ।
–बचतमा ६ प्रतिशत व्याज प्राप्त हुनेछ ।
–इन्टरनेट बैंकिङ शुल्कः पहिलो वर्ष निःशुल्क गरिएको छ ।
–एसएमएस,मोबाइल बैंकिङ शुल्कः पहिलो वर्ष निःशुल्क गरिएको छ ।
–एनी टाइम ब्रान्चलेस बैंकिङ सिस्टम ५० हजार सम्म प्रतिदिन निःशुल्क गरिएको छ ।
– चेक बुक निः शुल्क गरिएको छ ।
– खाता बिवरण निः शुल्क गरिएको छ ।
– खातामा ब्याज दैनिक आधारमा गणना हुने छ भने त्रैमासिक ब्याज भुक्तानी हुनेछ ।
– यो खाता खोल्नको लागि विद्यालय वा कलेजबाट मान्य हुने विद्यार्थी आईडीकार्ड अथवा पुष्टि हुने कागज आवश्यक हुन्छ ।

 

कामना सेवा विकास बैंकको ‘विद्यार्थी बचत योजना’ले बालबालिकाहरुलाई आर्थिक अधिकारको संरक्षण र सम्बर्धन गर्न,सुरक्षा आत्मसात् गरेर आय–आर्जन गर्न प्रेरणा प्रदान गर्दै उनीहरुलाई वित्तीय तथा सामाजिक परियोजनाका सकारात्मक पक्षहरुबारे ज्ञान प्रदान गर्ने, सामाजिक सद्भाव अभिवृद्धिमा सकारात्मक प्रभाव पारी अमूल्य सीपहरुको सिर्जना गर्ने जस्ता लक्ष्य राखेको छ ।

यो बचत योजनाले आजका किशोर किशोरी भोलिको कर्णधार भएका हुँदा युवा विद्यार्थीहरुलाई मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीबारे आवश्यक जानकारी पस्कँदै उनीहरुलाई यसतर्फ आकर्षित गर्दै बचतको माध्यमबाट मितव्ययी, नैतिकवान्, सक्षम, उद्यमशील बन्न प्रेरित गरी भावी दिनमा उनीहरु स्वयम् र मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्नेमा विश्वस्त हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *