सानिमा बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकले खातावाला राममाया अधिकारीलाई बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । राममाया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन् ।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *