काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।




