


काठमाडौं । नेपालमा हवाई इन्धनको मूल्य घटेको छ । भारतबाट घटेर नयाँ मूल्य आएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको हो ।
निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (प्रतिलिटर करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो ।
मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले जनाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल