हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा विशेष छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार चितवनको भरतपुर–२२ पटिहानीस्थित भिल्ला रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकलाई १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्।

बैंकका कार्डबाहक तथा ग्राहकले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *