काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ०३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा रहेको छ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





