काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।
योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो । शुक्रबार प्रतितोला छापवाला सुन१ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ।




