


पोखरा । शिव शिखर बहुउद्देश्यीय र ईमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।
शिव शिखर बहुउद्देश्यीय सहकारीको कार्यालय पोखरा महानगरपालिका ५ पर्स्याङ र वडा नम्बर १४ चाउथे र ईमेज वचत तथा ऋण सहकारीको कार्यालय पोखरा महानगरपालिका ८, सिमलचौर रहेको छ ।
कास्की प्रहरीले सूचना निकालेर सहकारी संस्थाका पदाधिकारीहरूले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।
सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाणको सक्कल साथमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल